कोरोना संक्रमण महामारीका कारण हलमा नयाँ नेपाली फिल्म हेर्न नपाइए पनि केही निर्देशकहरु डिजिटल माध्यमबाट दर्शकमाझ जान थालेका छन्।
निर्देशक शिरीष गुरुङ निर्देशित 'लाटो कोशेरो' त्यस्तै फिल्म हो जुन हालै अमेजन प्राइममा उपलब्ध भएको छ।
मान्छेको जीवन 'बुख्याचाः' सँगै जोडिने र भूत-प्रेतसम्बन्धी काल्पनिक धारणामा फिल्म आधारित छ।
काठमाडौं परिवेशमा छायांकन गरिएको यो फिल्ममा विशेष गरी नेवा: संस्कृति झल्काउन पुरानो भक्तपुर क्षेत्रको चित्रण गरिएको छ।नेवार समुदायका आस्था र विश्वाससँग फिल्मका पात्रहरू जोडिएका छन्।
वर्तमान समयमा 'ब्ल्याक एन्ड ह्वाइट' फिल्म निर्माण गरेर 'लाटो काेशेरो' समूहले नयाँ प्रयोग गरेको छ।
यस फिल्ममा निभम शिल्पकार, सरिता गिरी, केनिपा सिंह लगायत कलाकार मुख्य भूमिकामा देख्न सकिन्छ।
कम संवाद रहे पनि नेपाली भाषामा रहेको फिल्ममा अङ्ग्रेजी सब-टाइटल राखिएको छ। फिल्मको पटकथा निर्देशक शिरीष गुरुङले नै लेखेका छन्।
हेर्नुस् ट्रेलर-