मनोनयन सूचीमा पर्न सफल कृतिहरूमा विमल निभाको 'जोकरको बन्दुक', तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह', भुवन ढुङ्गानाको 'परित्यक्ता', शारदा शर्माको 'यात्रामा', योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको 'मोहपथ' र चन्द्रप्रकाश बानियाँको 'महारानी' छन्।
यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।