गायक महेश काफ्ले र अश्मिता अधिकारीको स्वरमा नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ। 'लज्जावती झार' बोलको यो गीतमा महेश आफैंले संगीत भरेका हुन्। गीतको शब्द पनि उनकै छ।
महेश र आँचल शर्माको केमेस्ट्री देखाइएको यो रमाइलो गीतको भिडिओमा असिम शाह पनि देखा परेका छन्। उनी आँचलको दाइका रुपमा भिडिओमा देखा परेका हुन्। भिडिओलाई सुबोल थापाको कोरियोग्राफी दिएका छन्।
'लज्जावती झार' लाई असिफ शाहले निर्देशन गरेका छन् भने हरि हुमागाईंको सिनेमेटोग्राफी रहेको छ। यसमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ। यो म्युजिक भिडिओ सोमबार 'जीटुवान डिजिटल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।