एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता ‘हल अफ फेम’ सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन्।
शनिबार भएको ग्रान्ड फाइनलमा आफूसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन्। टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए। नारायण गोपालको ‘तिमीलाई म के भनूँ’ गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि कब्जा गर्न सफल भए। टिकाले सुरुदेखी नै जजको सकारात्मक कमेन्ट पाएका थिए।
विजेता बनेसँगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन्। उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन्।
विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशका प्रतिस्पर्धी छनोटमा परेका थिए।