दसैंको माहोल समेटिएको गीतमा पल शाह, आकाश श्रेष्ठ, मलिका महत, विपना थापालगायतका कलाकार एकसाथ देखिएका छन्।
प्रदर्शनको तयारीमा रहेको फिल्म 'आबाट आमा २'ले 'रातो टिका लगाउँदा क्या दामी देखियो' बोलको गीत सार्वजनिक गरेको हो।
बिहीबार युट्युबमार्फत सार्वजनिक गीतको भिडिओमा कलाकारको जम्बो टोलीलाई देख्न सकिन्छ।
यो गीतले दसैंको उमंगको माहोललाई समेटिएको छ। गीतमा बाबुल गिरी, रचना रिमाल, रवी ओड र जुनु रिजालको स्वर सुन्न सकिन्छ। गीतको शब्द तथा संगीत बाबुल गिरीकै हो।
भिडिओमा फिल्मका शीर्ष कलाकार पल, मलिका, आकाश, विपनासहित प्रदीप रावत, रिश्ता गुरूङ, निकिता आचार्य, साइग्रेस पोखरेललगायतका कलाकार देख्न सकिन्छ। लाहुरेको भूमिकामा रहेका सविन श्रेष्ठ पनि भिडिओमा देखिएका छन्। गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन्।
'क्या दामी देखियो' गीतले सार्वजनिकसँगै युट्युबमा राम्रो भ्युज पाइरहेको छ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा २' दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शन तयारीमा छ।