अस्ट्रेलियामा बस्दै आएका गायक नरेश रेग्मीले गायिका मेलिना राईसँगको सहकार्यमा नयाँ गीत सार्वजनिक गरेका छन्।
नेपाल आएको अवसर पारेर हरेक वर्षजसो नयाँ गीत सार्वजनिक गर्दै आएका रेग्मीले यसपटक मेलिना राईसँग पहिलोपटक सहकार्य गरेका हुन्।
एनआर क्रियसन प्रालिको प्रस्तुतिमा तयार भएको गीतमा राजकुमार बगरको शब्द तथा संगीत रहेको छ।
गीतको एरेन्जमेन्ट हेमन्त कान्छा रसाइलीले गरेका हुन्।
त्रिवेणी डिजिटलमा रेकर्ड गरिएको गीतमा रेग्मी र राईको स्वर छ।
नेपाली गीतसंगीतमा लामो समयदेखि सक्रिय रेग्मीका ‘म सास बन्न पाएँ’, ‘धर्ती र जूनको कहानी’, ‘तिम्रै हुँ म’, ‘बाध्यतामा हामी छुटेको’, ‘माया नमरोस्’ र ‘सइँले झुक्यायो मजाले’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्।
गीतको भिडिओमा नरेश रेग्मी र अश्विनी शाहीले अभिनय गरेका छन्।
मौसम हिमालीको निर्देशनमा बनेको भिडिओको छायांकन अजय रेग्मीले गरेका हुन्।
मिलन विश्वकर्माले सम्पादन तथा कलर गरेका छन् भने अनिमेष गुरूङको मेकअप रहेको छ।
भिडिओको ग्राफिक्स तथा पोस्ट प्रोडक्सन ड्रागन पिक्चर्सले गरेको हो।
अस्ट्रेलियामा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रेग्मीले नेपाल आउँदा नयाँ गीत सार्वजनिक गर्ने आफ्नो परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन्।