नेपाली फिल्मको घरेलु बक्स अफिसमा पछिल्लो साता धेरैजसो फिल्मको व्यापार सुस्त देखिएको छ।
चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस विवरणअनुसार 'छ माया छपक्कै २' र '१२ गाउँ २' यो साताको सूचीमा छैनन्। यससँगै यी दुवै फिल्म बक्स अफिसबाट उत्रिएको बुझन् सकिन्छ।
अन्य फिल्ममध्ये 'बाटुलो जून'लाई छाडेर हेर्दा 'आ बाट आमा २'ले पछिल्लो सात दिनमा सबभन्दा बढी कमाइ थपेको छ।
फिल्मले अघिल्लो साताको तुलनामा ८ लाख ५१ हजार ५९० रूपैयाँ कमाइ थप्दै कुल ७ करोड १८ हजार ९०२ रूपैयाँ पुर्याएको छ। फिल्मका २ लाख ४३ हजार ८३६ टिकट बिक्री भएका छन्।
त्यस्तै, 'कबड्डी ५'ले सात दिनमा ६ लाख ११ हजार ५३० रूपैयाँ थपेको छ। फिल्मको कुल कमाइ १३ करोड २६ हजार ९६७ रूपैयाँ पुगेको छ। यसको टिकट बिक्री ४ लाख २८ हजार पुगेको छ।
‘पाँच पाण्डव’ले पछिल्लो सात दिनमा १ लाख ७१ हजार ८९५ रूपैयाँ थप्दै कुल कमाइ ४५ लाख २२ हजार ३८८ रूपैयाँ पुर्याएको छ। फिल्मका १२ हजार ८९० टिकट बिक्री भएका छन्।
'पेन्सन पट्टा'ले भने सात दिनमा १ लाख ४ हजार ५६० रूपैयाँ मात्रै थपेको छ। फिल्मको कुल कमाइ १० करोड ३६ लाख ८३ हजार ३८ रूपैयाँ पुगेको छ। यसको टिकट बिक्री ३ लाख ६४ हजार ८०८ पुगेको छ।
यसैबीच, 'बा एक योद्धा'को कुल कमाइ ३ करोड ५७ लाख ६९ हजार ४४१ रूपैयाँ पुगेको छ। फिल्मका १ लाख २८ हजार २७५ टिकट बिक्री भएका छन्। अघिल्लो साताको विवरणमा नदेखिएको यो फिल्म पछिल्लो सूचीमा देखिएको छ।
यता, 'बाटुलो जून'ले भने उत्साहजनक व्यापार गरिरहेको छ। यसले प्रदर्शनको पहिलो ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रूपैयाँ ग्रस कमाइ गरेको हो।
फिल्मका २ लाख ६९ हजार ५४४ टिकट बिक्री भएका छन्।