भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले बुधबार गरेको एक ट्वीटका कारण ट्रोलको सिकार भइरहेका छन्।
बुधबार राहुलले आफ्नो ट्वीटरमा अक्सफोर्डको शब्दकोशमा 'मोदीलाई' नामक नयाँ शब्द राखेको भन्दै ट्विट गरेका थिए। उनको सो दाबीका अनुसार 'मोदीलाई'को अर्थ 'लगातार तथ्यलाई मोड्ने' जस्ता अर्थ जनाउने रूपमा सो शब्दलाई शब्दकोशमा जोडिएको भन्दै ट्वीट गरेका थिए।
राहुलको सो दाबीलाई अक्सफोर्ड स्वयंले भ्रामक भन्दै अक्सफोर्डका कुनै पनि शब्दकोशमा त्यो शब्द नराखिएको भन्दै ट्वीट गरेपछि झुट बोलेको भन्दै ट्रोलको शिकार भएका हुन्।
राहुलको यस झुटले संसारमा बारतीय नागरिकहरूको बेइज्जती गरेको र नागरिकहरूले लज्जाबोध गर्नुपरेको भन्दै बलिउड अभिनेत्री कोएना मित्राले उनको आलोचना गरेकी हुन्।
राहुलको सो ट्वीटले मोदीलाई 'तथ्यलाई मोड्ने' व्यक्तिका रूपमा चित्रित गर्न खोजेपनि सो शब्द अन्तमा उनीमाथि नै लागु हुनपुग्यो।
यसबारेमा राहुलले कुनै प्रतिक्रिया जनाएका छैनन्।