दक्षिण भारतीय चर्चित अभिनेता राम चरण अभिनीत आगामी फिल्म 'पेड्डी' को दोस्रो गीत सार्वजनिक भएको छ।
प्रख्यात संगीतकार ए आर रहमानको संगीतमा रहेको गीतमा नकाश अजिजले स्वर दिएका छन्। नवीन शैली र उत्साहपूर्ण तालमा आधारित यस गीतमा राम चरणको अभिनय तथा नृत्य विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
बुची बाबु सानाको लेखन तथा निर्देशन रहेको 'पेड्डी' मा राम चरणसहित जान्हवी कपूर, शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु शर्मालगायत कलाकारहरूको अभिनय छ।
यस फिल्मप्रति प्रारम्भदेखि नै दर्शकको उत्सुकता देखिँदै आएको छ। यसअघि सार्वजनिक गरिएको पहिलो गीत 'चिकरी चिकरी' ले समेत राम्रो चर्चा बटुलेको थियो।
'पेड्डी' ३० अप्रिल (बैशाख १७) देखि विश्वव्यापी प्रदर्शनमा आउने तालिका तय छ।