कवि तथा गीतकार दिपा मेवाहाङको गीत 'आउँछन् होला' सार्वजनिक भएको छ।
माया प्रेमको भावमा आधारित गीतमा मेलिना राईको स्वर रहेको छ भने शब्द दिपा मेवाहाङका हुन्।
गीतमा प्रेम, आशा र प्रिय व्यक्तिको आगमनको प्रतीक्षालाई प्रस्तुत गरिएको छ। मनमा हजारौं सपना सजाउँदै एकदिन आफ्नो जीवनमा माया लिएर कोही आउने विश्वास गीतको मुख्य भाव हो।
दिपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा गीत सार्वजनिक छ।
म्युजिक भिडिओमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा कुलुङ राईको अभिनय छ। सुम्निमा फिल्मसको पोस्ट प्रोडक्सनमा तयार भएको भिडिओलाई सञ्जीव राईले निर्माण गरेका हुन्।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेकी दिपाको यसअघि कवितासंग्रह 'यादको सन्दुक' प्रकाशित भइसकेको छ। उनका दर्जनौं गीतसमेत रेकर्ड भइसकेका छन्।