गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ।
संघका अध्यक्ष डा. हेमराज शर्मा को उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो।
अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापा लाई चयन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनले महिलाको नेतृत्व र दोस्रो पुस्ताको सहभागितालाई विशेष रूपमा सराहना गरे।
कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूको थियो।