एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको परोपकारी संस्था ‘एक्सपर्ट फाउन्डेसन’ ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
फाउन्डेसनले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
हालै भोटेकोशीमा आएको बाढीले पुर्याएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले प्रभावितहरूको शीघ्र राहत तथा पुन:स्थापनाका लागि उक्त सहयोग उपलब्ध गराई बाढी पीडितहरूप्रति ऐक्यबद्धता जनाएको छ।
यसैगरी, यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तथा एक्सपर्ट फाउन्डेसन परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र प्रभावितहरूका लागि उचित राहत व्यवस्थापनको कामना समेत गरिएको छ।
शुक्रबारसम्म रकम डिपोजिट गर्ने प्रक्रिया अघि बढ्ने एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस मेलवर्नका निर्देशक सरोज शर्माले बताए।