गैरआवासीय नेपाली संघ एनआरएनएले भोटेकोशी बाढी प्रभावितको राहतका लागि ६ करोड २१ लाख ९४ हजार ५१५ रूपैयाँ संकलन गरेको छ।
गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसार सहयोग रकम संकलन गरेको एनआरएनएले जनाएको छ।
एनआरएनएलाई कुल ९ करोड ३५ लाख ३६ हजार २२६ रूपैयाँ प्रतिबद्धता प्राप्त भएको जनाएको हो।
त्यस्तै, म्याग्दी, बाग्लुङ, पर्वतलगायत जिल्लामा राहत सामग्री पठाउने तयारी समेत गरेको जनाएको छ।
ती जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ।
त्यसका लागि स्थानीय जनप्रतिनिधि तथा प्रशासनसँग निरन्तर समन्वय भइरहेको उल्लेख गरेको छ।