एनएमबी बैंकले एनएमबी विद्युतीय सवारी साधन र साइकल कर्जा योजना ल्याएको छ। विश्व वातावरण दिवसको अवसरमा बैंकले उक्त कर्जा योजना ल्याएको हो।
बैंकको क्रेडिट कार्डहरु वा एनएमबी सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गरिनेछ।
यससँगै बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको छ।
एनएमबी बैंक र माउन्टेन बाइक बिक्रेताहरुबीच जुन महिनासम्म शून्य प्रतिशत इएमआइमा शून्य सदस्यता शूल्क र वार्षिक शूल्कमै साइकल बुक गर्ने वा किन्न सकिने योजना पनि ल्याइएको छ।
यसअन्तर्गत एनएमबीका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाईक स्टेशन पानीपोखरी, साइकल ल्यान्ड, काठमाडौं माउन्टेन बाइकहरु २४ महिनासम्मको सरल किस्ताबन्दिमा किन्न सक्छन्।
यो बैंकको हाल १८१ शाखा, १३७ एटिएमहरू, ९ एक्सटेन्सन काउन्टर छन्।