सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेको छ।
नेप्से ०.४० प्रतिशतले घटेर २६२२.८८ विन्दुमा बन्द भएको हो।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार पाँच अर्ब ५३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ७७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३७ वटा धितोपत्रको एक करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
आज एसवाई प्यानलको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ८८० रूपैयाँ पुगेको छ।
यस्तै, ग्लोबल आइएमई सम्मुनत योजनाको मूल्य ९.९४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रूपैयाँ १८ पैसा कायम भएको छ।
यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४९६ रूपैयाँमा १० पैसामा झरेको छ।
सोमबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८८० रूपैयाँमा २३ करोड दुई लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा मन्जुश्री फाइनान्स रहेको छ। उक्त कम्पनीको ७१९ रूपैयाँ ८० पैसामा १७ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेका छन्।