बजारमा आलुको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार बजारमा आलु रातो र सेतो गरी दुई प्रकारको आउँछ। रातो आलु भने भारतीय बजारबाट पनि भित्रने गरेको छ।
सोमबार कालीमाटी बजारमा स्वदेशी रातो आलु प्रतिकिलो थोक मूल्य ३५ देखि ५० र भारतीय रातो आलु २८ देखि ३२ रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
त्यस्तै, सेतो आलु प्रतिकिलो थोक मूल्य २८ देखि ३० रूपैयाँ कारोबार भइरहेको छ।
एक साताअघि कालीमाटी बजारमा स्वदेशी रातो आलु प्रतिकिलो थोक मूल्य ४५ देखि ५५ र भारतीय रातो आलु ४० देखि ४३ रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
त्यस्तै, सेतो आलु प्रतिकिलो थोक मूल्य ३१ देखि ३४ रूपैयाँ कारोबार भइरहेको छ।
अहिले आलुको उत्पादन बढेकाले मूल्य घटेको व्यवसायीहरूको भनाइ छ।