सरकारले कर्णाली प्रदेशमा स्याउ र ओखर उत्पादनलाई प्रवर्द्धन गर्न विशेष जोन सञ्चालन गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा कर्णालीमा स्याउ र ओखरको जोन सञ्चालन गरिने र चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना कार्य अघि बढाइने बताएका छन्।
कर्णाली प्रदेशमा कृषि उत्पादनको भण्डारण र बजारीकरण सहज बनाउन चिस्यान केन्द्र स्थापना गर्ने सरकारको योजना छ।
यस कार्यक्रमले किसानको उत्पादन सुरक्षित राख्न, नोक्सानी घटाउन र आय वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।