हिमालयन बैंकले काठमाडौं इन्सटिच्युट अफ चाइल्ड हेल्थलाई बिहीबार २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट, बुढानिलकण्ठ काठमाडौंस्थित काठमाडौं इन्सटिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्सटिच्युट अफ चाइल्ड हेल्थ एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरूका लागि सुलभ मूल्यमा सहज ढंगले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ।
सो संस्थाले दमकमा पनि बाल अस्पताल सञ्चालनमा ल्याइ सेवा प्रदान गरेको छ।
उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गरेको बताएको छ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सो रकम बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा एक समारोहकाबीच हस्तान्तरण गरे।