सम्पदा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश रहेको छ।
लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेछि वितरण हुनेछ।