साउन महिनामा भन्सार राजस्व ८ प्रतिशतले बढेको छ।
भन्सार विभागका अनुसार गत असार अन्तिमसाता देखिनै रसुवा नाका ठप्प र तातोपानी नाका सुस्त भएपछि लक्ष्य अनुसार राजस्व उठाउन समस्या देखिएको छ।
यद्यपि गत वर्षको तुलनामा ८ प्रतिशत राजस्व बढेको तथ्यांकले देखाएको छ।
गत वर्ष साउन महिनामा ३४ अर्ब ६९ करोड भन्सार राजस्व संकलन भएको थियो। यो वर्षको साउनमा भने ३७ अर्ब ३४ करोड रूपैयाँ संकलन भएको उल्लेख गरिएको छ।
अर्थमन्त्रालयले साउन महिनामा ४५ अर्ब ७१ करोड भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो। तर, लक्ष्यको ८१ प्रतिशत मात्रै संकलन भएको छ।
चालु वर्षका लागि भन्सार विभागलाई ५ खर्ब ८८ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिइएको छ। पहिलो महिना लक्ष्यको अनुपातमा ६ प्रतिशत राजस्व उठेको हो।