अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको समस्या सम्बोधन गर्ने व्यवस्था गरिएको बताएका छन्।
निर्माण व्यवसायीले मूल्य समायोजनको माग गर्दै आएका थिए। मूल्य समायोजन नहुँदा निर्माणका कामहरू रोकिएको अवस्था थियो।
व्यवसायीका अनुसार मूल्य समायोजन नहुँदा करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।