अर्थमन्त्री स्वर्णीम वाग्लेले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गरिने घोषणा गरेका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै उनले यी संस्थामा सर्वसाधारणको सहभागिता बढाउन सेयर निष्कासनको प्रक्रिया अघि बढाइने बताएका हुन्।
हाल विशाल बजार कम्पनीको करिब १ प्रतिशत सेयर मात्रै सर्वसाधारणमा रहेको छ।
कम्पनीको सेयर प्रतिकित्ता ४ हजार ८३६ रुपैयाँमा कारोबार भइरहेको छ।
अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका संस्थामा पारदर्शिता, लगानी विस्तार र जनसहभागिता बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए।