अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै वैकल्पिक वित्त उपकरणमार्फत सरकारको खर्च चाप घटाउने व्यवस्था गरिएको बताएका छन्।
यसअन्तर्गत सरकारको ब्यालेन्ससिट बाहिरबाट पुँजी परिचालन गरी लगानी तथा प्रविधि भित्र्याउने नयाँ वित्तीय उपकरण प्रस्ताव गरिएको छ।
वैकल्पिक वित्त कोषसम्बन्धी कानुनअनुसार पूर्वाधारमा निजी लगानी गर्न अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा बन्ड जारी गरिनेछ।
ऊर्जा बन्ड र डायस्पोरा बन्ड जारी गर्ने व्यवस्था पनि गरिएको छ।
विदेशी मुद्राको सञ्चित अवस्था केही प्रतिशत प्रयोग गरी सार्वभौम सम्पत्ति कोष (sovereign wealth fund) का रूपमा उपयोग गर्ने प्रस्ताव गरिएको छ।