अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सञ्चालनमा नरहेका तथा घाटामा रहेका सार्वजनिक संस्थानहरूको व्यवस्थापनका लागि नयाँ मोडेल लागू गर्ने बताएका छन्।
गोरखकाली रबर उद्योग सहित सात वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन गरी निजी–सार्वजनिक साझेदारी (PPP) मोडेलमा लगानी तथा व्यवस्थापन गरिनेछ।
सञ्चालनमा नरहेका र घाटामा रहेका संस्थानलाई पुनः सञ्चालनयोग्य बनाउन यस्तो व्यवस्था अघि सारिएको हो।