अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै काठमाडौंको स्युचाटारमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।
उक्त केन्द्रमा हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने व्यवस्था गरिएको छ।
स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।