अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा गरेका छन्।
विदेशमा रहेका ती अनुसन्धानकर्तालाई नेपाल फर्किएर योगदान गर्न आमन्त्रित गरिनेछ।
एआईमा आधारित अर्थतन्त्रको आधार तयार गर्ने उद्देश्य राखिएको छ।