अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै गण्डकी चतुर्भुज योजना पुनः अघि सार्ने घोषणा गरेका छन्।
यसअघि आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको थियो। तर कार्यान्वयन हुन सकेको थिएन।
यसपटक उद्यम र व्यवसाय केन्द्रित संरचनाका रूपमा गण्डकी चतुर्भुज योजना अघि बढाइने घोषणा गरिएको हो।