सरकारले आगामी आर्थिक वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २७५ वटा सडक पुल बनाउने बताए।
पूर्वपश्चिम राजमार्गलाई ५ वर्षमा ४ लेनमा स्तरोन्नति गर्ने पनि बजेटमा उल्लेख छ।