सरकारले आयोजनाहरूका लागि ‘सनसेट ल’ ल्याउने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षभित्रै यस्तो कानुन संसदमा पेश गरिने बताएका हुन्।
‘सनसेट ल’ अन्तर्गत कुनै पनि आयोजना वा कानुनी व्यवस्था निश्चित समयावधिका लागि मात्र लागू हुने व्यवस्था हुन्छ। तोकिएको अवधि सकिएपछि त्यस्तो कानुन वा कार्यक्रम स्वतः निष्क्रिय हुने वा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहनेछ।
सरकारले यस व्यवस्थामार्फत आयोजना कार्यान्वयनलाई समयबद्ध, परिणाममुखी र प्रभावकारी बनाउन लक्ष्य राखेको छ।