सरकारले आधारभूत स्वास्थ्य सेवाको प्याकेजमा परिवर्तन गरिएको बताएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निर्माण सुरु भएका ३३६ आधारभूत अस्पताल आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्।
मानव विकास सूचकांक कम भएका प्रत्येक प्रदेशका एक स्थानीय तहमा उपयुक्त स्थान छनोट गरी आधारभूत अस्पताल निर्माण गरिने उनले बताएका छन्।
निर्माण सुरु नभएका अस्पतालका हकमा वैज्ञानिक नक्साङ्कनपछि मात्र निर्माण अघि बढाइने व्यवस्था गरिएको छ।
आधारभूत अस्पताल निर्माण तथा पूर्वाधार विकासका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।