ग्रिन हाइड्रोजनको व्यावसयिक उत्पादनको सुरूवात गरिने भएको छ।
हेटौँडामा २.५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट प्रोजेक्टको रूपमा कार्यान्वयन गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख छ।
सुख्खा यामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौंमा १०० मेगावाटको ब्याट्री इनर्जी स्टोरेजको कार्यक्रम कार्यान्वयन गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए।
'ग्रिन हाइड्रोजनको उत्पादनको लागि आवश्यक बजेट विनियोजन गरेको छु,' बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले भने।