अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा क्षेत्रका लागि १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन्।
अटिजम भएका बालबालिकालाई लक्षित गर्दै पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याइने नीति पनि समावेश गरिएको छ।
जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिएको हो।