सरकारले रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजन वृद्धि गर्दै आगामी वर्षका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा कृषि उत्पादनलाई सहज बनाउन मल आपूर्ति सुनिश्चित गरिने बताएका छन्।
सरकारले रासायनिक मल आपूर्तिका लागि क्यालेन्डर (समयतालिका) तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको छ।
यो व्यवस्थाले समयमा मल नपाउने समस्या कम हुने र कृषि उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ।