सरकारले सामाजिक सुरक्षाबारे नयाँ अभियान चलाउने भएको छ।
सक्षम व्यक्तिहरूले सामाजिक सुरक्षा लिन छाड्ने अभियान चलाउन लागिएको हो।
सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने तयारी सरकारको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बजेट पेस गर्दै भने, ‘आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं।’
सरकारले सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरेको छैन।