सरकारले स्वास्थ्य बीमाको सर्वव्यापीकरण गर्दै आगामी तीन वर्षभित्र ९० प्रतिशत सर्वसाधारणलाई बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने बताएका हुन्।
सरकारका अनुसार यसले व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा गरिएको छ।
यसैगरी, छरिएर रहेका स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रम र दायित्वलाई एकीकृत गरी एकल भुक्तानी विधि लागू गरिने पनि बजेटमा उल्लेख गरिएको छ।