अर्थमन्त्री स्वर्णिम वाग्लेले शान्ति प्रकृया तथा संक्रमणकालीन न्यायको बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुऱ्याउने बताएका छन्।
२०८३/८४को बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन्।
'शान्तिप्रकृया तथा संक्रमणकालिन न्यायको बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुऱ्याउनेछौ,' उनले भनेका छन्।
न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरि विद्युतीय अदालत व्यवस्थापन प्रणाली विकास गर्ने बताएका छन्।
त्यस्तै, विपन्न तथा दुरदराजका नागरिकलाई नि:शुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्।