सरकारले अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीलाई अगाडि बढाउने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल नेपालले अतिकम विकसित मुलुकको सूचीबाट बाहिरिन आवश्यक न्यूनतम योग्यता पूरा गरिसकेको भए पनि आगामी दुई वर्षलाई आर्थिक तथा सामाजिक रूपान्तरणको घनिभूत अभियानका रूपमा उपयोग गरिने बताएका हुन्।
नेपाल आगामी मंसिर ८ गते गरिब मुलुकबाट विकासोन्मुख श्रेणीमा उक्लिने चरणमा छ। केही समयअघि यो स्तरोन्नतिलाई तीन वर्ष पछाडि सार्न सरकारले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको थियो।
नेपालले अतिकम विकसित समेत भनिने गरिब मुलुकको श्रेणीबाट माथि उक्लिने प्रक्रिया पछाडि धकेल्न खोजेको यो तेस्रो पटक हो।
उनका अनुसार सो अवधिमा राष्ट्रिय पुनर्जागरणमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउँदै नेपालको स्तरोन्नति प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाइनेछ।
यो पनि:
किन 'गरिब' भएर बस्न चाहन्छ नेपाल?