सरकारले असल व्यवसायीलाई सम्मान गर्दै व्यापार सहजीकरण गर्ने उद्देश्यले 'अथोराइज्ड बिजनेस पर्सन' को पहिचान दिने भएको छ।
यसरी पहिचान पाएका व्यवसायीले भन्सारमा ब्लू लेनमार्फत सामान जाँचपास गर्न पाउने व्यवस्था मिलाइने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमपालना गर्ने व्यवसायीलाई छिटो, सरल र सहज भन्सार प्रक्रिया उपलब्ध गराइने बताएका हुन्।