सरकारले यो पटक चुरोटमा न्यून मात्रामा कर वृद्धि गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले चुरोटमा १० प्रतिशतसम्म कर बढाइएको बताएका थिए।
यथार्थमा भने औसत २.५ प्रतशतले कर बढाएका छन्।
सबभन्दा कम मूल्यको सिगारिलो (बिँडी) मा भने करिब १३ प्रतिशतले कर बढाइएको छ।
आर्थिक ऐनसँगै जारी गरिएको अध्यादेश अनुसार सिगारिलोमा साविक प्रतिखिल्ली ३१ रूपैयाँ लाग्ने गरेको अन्तशुल्क करिब १३ प्रतिशले बढाएका छन्।
तर सबभन्दा बढी प्रयोग हुने ७५ मिमीभन्दा बढी र ८५ मिमीभन्दा कम मात्राको चुरोटमा १.९ प्रतिशले अन्तशुल्क बढाइएको छ।
कस्तो चुरोटमा कति बढ्यो अन्तशुल्क?
|
चुरोट/ बिँडी
|
बढेको प्रतिशत
|
|
नाम
|
साबिकको अन्तशुल्क
|
अबको अन्तशुल्क
|
बढेको प्रतिशत
|
|
फिल्टर नभएको चुरोट (एक हजार खिल्ली बराबर)
|
७७८
|
७८०
|
०.२१
|
|
७० मिमी लम्बाइ चुरोट (एक हजार खिल्ली बराबर)
|
१७९२
|
१८४५
|
२.९६
|
|
७० भन्दा बढी ७५ मिमीसम्म
|
२४४१
|
२४९०
|
२.०१
|
|
७५ भन्दा बढी ८५ मिमीसम्म (सूर्य लगायत)
|
३२१३
|
३२७५
|
१.९३
|
|
८५ मिमीभन्दा माथि
|
४४१०
|
४५७८
|
३.८१
|
|
तयारी बिँडी
|
९६
|
१००
|
४.१७
|
|
सिगारिलो (एक खिल्ली)
|
३१
|
३५
|
१२.९०
|
चुरोटमा बढी कर लाग्नुको कारणहरू:
संसारभर चुरोटमा बढी कर लाग्ने गर्छ। नेपाल भने तुलनात्मक रूपमा यो शीर्षकमा कम कर लाग्ने देश पर्छ।
चुरोट स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसमा तुलनात्मक रूपमा बढी कर लाग्नुपर्ने भनिन्छ।
यो 'नेगेटिभ लिस्ट' (नकारात्मक सूची) मा पर्ने उत्पादन हो, जसको खपतलाई राज्यले प्रवर्द्धन गर्नु हुँदैन।
तर चुरोटको मूल्य बढ्दा पनि यसको खपत खासै नघट्ने प्रवृत्ति भएकाले यसमा कर बढाउँदा अझ बढी राजस्व उठ्ने मानिन्छ। यद्यपि सबै देशहरूले करबाट निरूत्साहन गर्ने नीति लिएका हुन्छन्।
अहिले नेपालमा चुरोटमा लाग्ने कुल कर करिब ३५ देखि ३६ प्रतिशत छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार चुरोटमा कम्तीमा पनि ७० प्रतिशत कर हुनुपर्छ।
नेपालमा अहिले भएको कर ठ्याक्कै दोब्बर गर्दा मात्र डब्लुएचओले भनेको जस्तो ६५ देखि ७० प्रतिशतको मापदण्डमा पुग्ने अवस्था छ।