लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले केही संख्यामा क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो।
क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टले आइसिएन र आइसिएआइबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेको हुनु पर्नेछ।
बैंकिङ/वित्तीय संस्थाहरूमा वित्त, लेखा र कोषागार विभाग/जोखिममा विभागमा न्यूनतम ३–५ वर्षको अनुभव हुनु पर्नेछ।
सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टले आर्टिकलशिप तालिम पूरा गरी आइसिएन र आइसिएआइबाट सिएपी परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ।
साथै, वित्त वा लेखापरीक्षण भूमिकामा न्यूनतम २–३ वर्षको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्।