नाडेप लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले केही संख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको हो।
इच्छुकले प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। वणिज्यशास्त्र पढेकालाई प्राथमिकता दिइने लघुवित्तको भनाइ छ।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
इच्छुकले जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
