सिवाइसी नेपाल लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले अधिकृत ११ जना, कनिष्ठ अधिकृत २२ जना, वरिष्ठ सहायक १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना गरी कुल १३९ जना कर्मचारी माग गरेको हो।
उमेर हद अधिकृत श्रेणीका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
इच्छुकले जेठ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।
