त्रिभुवन विश्वविद्यालयले प्राध्यापक र सहप्राध्यापक माग गर्दै विज्ञापन खुलाएको छ।
त्रिविले बुधबार गोरखापत्रमा सूचना निकालेर प्राध्यापक र सहप्राध्यापक गरी करिब पाँच सय पदमा भर्ना गर्ने प्रक्रिया अघि बढाएको हो।
त्रिविले आन्तरिक तथा खुला प्रतियोगिताद्वारा यी पदपूर्ति गर्न लागेको हो।
त्रिवि सेवा आयोगले लिखित र अन्तर्वार्ता परीक्षाद्वारा पदपूर्ति गर्नेछ।
जेठ २६ गतेदेखि साउन ४ गतेसम्म दरखास्त दिन पाइने त्रिविले जनाएको छ। त्रिविले अनलाइन दरखास्त आह्वान गरेको हो।
प्राध्यापक पदका लागि तीन हजार पाँच सय दस्तुर लाग्नेछ भने सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ।