प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि शाखा प्रबन्धक, लिगल अफिसर, चार्टर्ड एकाउन्टेन्ट, रिलेसनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, सफ्टपेयर डेभलपर, एक्जुकेटिभ सेक्रेटरी र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।
शाखा प्रबन्धकले क्रेडिट, व्यवसाय विकास, व्यापार वित्त र शाखा व्यवस्थापनमा केन्द्रित वित्तीय संस्थाहरूमा न्यूनतम ३ वर्ष वा सोभन्दा माथिको अनुभव भएको हुनु पर्नेछ।
काठमाडौं उपत्यकाभित्र वा बाहिर वित्तीय संस्थाहरूमा शाखा प्रबन्धक/सहायक शाखा प्रबन्धकको रूपमा पहिले काम गरेको अनुभव भएकाहरूलाई प्राथमिकता दिइने बैंकको भनाइ छ।
लिगल अफिसरले कानुनमा विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ।
साथै, अधिवक्ता लाइसेन्स प्राप्त व्यवसायी वकिलको रूपमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्।