नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको मूल्य घटेको छ।
गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार सय रूपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार तोलामा चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।