नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार प्रतितोला चार हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।