नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ।
बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।
बिहीबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।