नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ।
बिहीबार तोलामा चार हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।