नयाँ वर्षको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।
सोमबार तोलामा चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला तीन हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।