नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ।
बुधबार तोलामा एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार आठ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।